सोमबार, २५ मंसिर २०७४
DainikNepal.com
सोमबार, २५ मंसिर २०७४

पृथ्वी जयन्तीको विदालाई लिएर क्याविनेट बैठकमा खैलाबैला!

दैनिक नेपाल २०७३ पुष २७ गते १६:२४

काठमाडौं, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा नदिएको भन्दै मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुले नै असन्तुष्टि जनाएका छन् ।

बुधबार बसेको बैठकमा राप्रपाबाट प्रतिनिधित्व गर्ने मन्त्री र सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा नदिइएकोमा आक्रोश पोखेका हुन् ।

बैठकपछि सहरी विकासमन्त्री केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको जानकारी दिए ।

उनले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गरे ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले विदा दिन आफू सकारात्मक भएपनि सबैको सहमतिमा सर्वमान्य विदा दिनुपर्ने कुरा आएपछि यसपटक निर्णय हुन नसककेको स्पष्टोक्ति दिएका थिए ।

साथै बैठकले विदा पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित