सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

बिदा पुनरावलोकन गर्ने सरकारको निर्णय

दैनिक नेपाल २०७३ पुष २७ गते १६:१३

मन्त्रिपरिषद्का निर्यणबारे जानकारी दिँदै संचारमन्त्री सुरेन्द्र कार्की।

काठमाडौँ, २७ पुस । सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएर चौतर्फी आलोचना भएपछि दिँदै आएको बिदालाई पुनरावलोक गर्ने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

आज राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो ।

पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित