मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

प्रचण्डले पृथ्वीनारायणको ‘अपमान’ गरेपछि पूर्वप्रधानसेनापति कटवालको कडा प्रतिक्रिया

‘पुर्खाको अपमान गर्नु आफ्नै अस्तित्व मेट्नु हो’

दैनिक नेपाल २०७३ पुष २७ गते १५:३७

काठमाडौं, २७ पुस । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका मनाउन अस्वीकार गरेपछि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले हिजो गृहजिल्ला चितवनमा विदा दिन आफू सकारात्मक रहेको तर सबैको सहमतिमा सर्वमान्य विदा दिने पक्षमा आफू रहेको बताएका थिए । तर, उनले हिजो रातिसम्म पनि विदाको निर्णय गरेनन् । फलस्वरुप सरकारले पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस मनाएन् ।

चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले उल्टै ‘पृथ्वीनारायणले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो’ भन्दै अपमान गरेका थिए ।

यसको जवाफमा पूर्व प्रधानसेनापति कटवालले पुर्खाको अपमान गर्नु आफ्नै अस्तित्व मेट्नु हो भन्दै वर्तमान सरकार अस्तित्व मेट्ने खेलमा लागेको बताए । ‘पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो,’ सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाउन पुगेका पूर्व प्रधानसेनापति कटुवालले भने ।

सरकारले विदा दिएर राष्ट्रिय एकता दिवस मनाउनुपर्थ्यो भन्दै उनले पुर्खाको उपेक्षा गरेर गल्ती गरेको टिप्पणी गरे ।

यसअघि २०६५ सालमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालकै कारण प्रचण्डले प्रधानमन्त्री पद छाड्नुपरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित