मंगलबार, ४ माघ २०७३
DainikNepal.com
मंगलबार, ४ माघ २०७३

बिदेशबाट आएका यात्रुबाट सुन संकलन गर्ने एयरपोर्टमै पक्राउ

दैनिक नेपाल २०७३ पुष २७ गते १४:४४

फाइल तस्वीर

काठमाडौँ, २७ पुस । विदेशबाट आगमन भएका यात्रुहरुबाट सुन जस्तो देखिने पहेंलो बस्तु (सिक्रि ४ थान) १ सय ९९ ग्राम संकलन गरिरहेका मोरङ विराटनगर उपमहानगरपालिका–४ घर भई हाल दन्तकाली गेष्ट हाउस नयाँवसपार्कका प्रोपराईटर ४५ बर्षीय कमल निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट मंगलबार प्रहरीले उनलाई सुन जस्तो देखिने उक्त पहेंलो बस्तु संकलन गरी भंसार छलेर लैजान लागेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले उनलाई उक्त बस्तुसहित आवश्यक कारवाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित