शुक्रबार, ११ चैत २०७३
DainikNepal.com
शुक्रबार, ११ चैत २०७३

राष्ट्रपतिकै अगाडि भीम रावलले देखाए मधेस निल्ने भारतको डरलाग्दो रिपोर्ट, शीर्ष नेता स्तब्ध

वैशाखदेखि यसरी सुरु हुँदैछ मधेस निल्ने मिसन

दैनिक नेपाल २०७३ पुष २७ गते ७:२९

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रियतामाथि गम्भीर किसिमले खतरा पैदा भएको बताउँदै गर्दा एमाले नेता भीम रावलले नेपालमा हिंसात्मक संघर्ष सुरु गर्न अन्यत्र सैन्य तालिम दिने काम भइरहेको विवरण प्रस्तुत गरेपछि दलका नेताहरू स्तब्ध बनेको समाचार प्रप्त भएको छ ।

प्रप्त जानकारीअनुसार गत साताको बिहीबार राष्ट्रपति विद्या भण्डारीले पाँच प्रमुख दलका नेताहरूलाई राष्ट्रपति भवनमा बोलाएर चिन्ता जाहेर गरेका थिए । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

उनले देश निकै अप्ठ्यारो स्थितिमा पुगेको र राष्ट्रियता एवम् राष्ट्रिय एकतामाथि आँच आउने प्रकारका क्रियाकलाप भएको बताउँदै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रपतिले आफ्ना कुराहरू राखिसक्दा–नसक्दै एमालेका नेता भीम रावलले ब्रिफकेसबाट केही कागजका पानाहरू निकालेर देखाउँदै भने, ‘अहिले पृथकतावादीहरू सीमापारि सैन्य तालिम दिने काम भइरहेको छ, आगामी अप्रिल (चैत–वैशाख)देखि नेपालमा सशस्त्र युद्ध सुरु गर्ने र देश विभाजित गर्ने योजना बनेको सूचना हामीलाई प्राप्त भएको छ ।’

रावलको भनाइ थियो, ‘संविधान संशोधन नै भए पनि देश टुक्र्याउनेहरूले आफ्नो क्रियाकलाप रोक्ने देखिँदैन । निकट भविष्यमै आउने यसप्रकारको चुनौतीको सामना गर्न सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता छ ।’

नेता रावलका कुरा सनेपछि बैठकमा उपस्थितमध्ये अधिंकाश नेता स्तब्ध र गम्भीर बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित