शुक्रबार, ११ चैत २०७३
DainikNepal.com
शुक्रबार, ११ चैत २०७३

कमजोर छैन पाकिस्तान, साढे चार सय किलोमिटरसम्म मार हान्ने क्षमताको मिसाइल बनायो

दैनिक नेपाल २०७३ पुष २७ गते ६:२७


इस्लामाबाद, २७ पुस । पाकिस्तानले सोमबार पहिलो पटक पनडुब्बीबाट प्रहार गर्ने क्रुज मिसाइल बाबर–३ को सफल परीक्षण गरेको छ । पाकिस्तानका इन्टर सर्भिसेज पब्लिक रिलेशनका महानिर्देशक मेजर जनरल आसिफ गफुरले यो मिसाइलले ४५० किलोमिटर सम्म मार हान्न सक्ने जनाएका छन् ।

पाकिस्तानी सेना प्रमुख कमर जाभेद वाजवाले सफल परीक्षणका लागि काम गर्ने सम्पूर्ण टिमलाई बधाई दिएका छन् । यो मिसाइलको परीक्षण कुन ठाउँमा गरियो भन्ने बारेमा केही जानकारी नदिइएपनि हिन्द महासागरको कुनै अज्ञात क्षेत्रमा गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले परीक्षण गरेको बाबर–३ क्रुज मिसाइल बाबर–२ को उन्नत संस्करण हो । बाबर–२ को परीक्षण गत डिसेम्बरमा गरिएको थियो । पाकिस्तानले बाबर–३ स्वदेशी प्रविधिबाट निर्माण गरिएको जानकारी दिएको छ ।

बाबर–३ केही अत्याधुनिक विशेषता रहेको जनाइएको छ । यसमा मिसाइलमा सत्रु राडार तथा बायु रक्षाबाट बच्ने जस्ता क्षमता रहेका छन् । बाबर–३ जमिनमा आक्रमण गर्ने क्रममा विभिन्न प्रकारका भार लिएर जान सक्षम हुनुका साथै परमाणु हमलाको अवस्थामा प्रतिकार गर्ने क्षमता राख्छ ।

प्रधानमन्त्री नवाज सरिफले बाबर–३ को सफल परीक्षणका लागि सेनालाई बधाई दिएका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाबर–३ को सफल परीक्षण पाकिस्तानी प्रोद्यौगिकी क्षमता वृद्धि तथा आत्मनिर्भरताको एक परिचायक हो । उनले पाकिस्तान सधैं शान्तिपूर्ण सह–अस्तित्वको नीतिबाट चल्ने भएपनि यो परीक्षण भरोसायुक्त न्युनतम प्रतिरोधको नीतिको दिशामा एक कदम भएको बताएका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित