सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

अन्ततः सरकारले दिएन पृथ्वी जयन्तीमा सरकारी बिदा, धेरै नेपालीको आशा तुहियो

दैनिक नेपाल २०७३ पुष २६ गते २२:०३

काठमाडौँ, २६ पुस । अन्ततः सरकारले पृथ्वी जयन्तीका दिन बुधबार सार्वजनिक बिदा नदिने भएको छ ।

मंगलबार बेलुकासम्म पनि गृह मन्त्रालयले बिदा बारे कुनै निर्णय नगरेपछि बिदा नहुने भएको हो । यसअघि सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको चाड क्रिसमस डेमा राष्ट्रिय बिदा उल्लेख नगरिए पनि सरकारले रातारात बिदा दिएको थियो । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा समेत देशभर सार्वजनिक बिदा दिएको थियो । जसको चर्को आलोचना पनि भएको थियो ।

पृथ्वी जयन्तीमा भने सरकारले बिदा दिने धेरै नेपालीले अपेक्षा गरेका थिए । अधिकांश कर्मचारीहरु बुधबार बिदा हुने भन्दै काममा नआउने मनस्थितिमा छन् । तर, नेकपा एमाले र सत्ता साझेदार राप्रपा लगायतका दलका नेताहरुको मागलाई समेत कुल्चदै सरकारले बिदा नदिने निर्णय गरेको हो ।

पृथ्वीजयन्तीमा सरकारी बिदा कन्जुस्याइँ गरेर सरकारले गल्ती गरेको राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।

‘पृथ्वी जयन्तीलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छ तर राष्ट्रिय एकता दिवसका रुपमा नमनाउनुका कारण के हो ? कुन शक्तिको दबाब छ ?’ थापाले प्रश्न गरे ।

हरेक बर्ष पुस २७ गतेका दिन बिदा दिइने प्रचलन भए पनि २०६२–६३ सालको जनआन्दोलनपछि बिदा कटौती गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित