बिहीबार, १७ चैत २०७३
DainikNepal.com
बिहीबार, १७ चैत २०७३

माछापुच्छ्रे बैंकको हजारको बण्डलमा नक्कली नोट भेटिएपछि…

दैनिक नेपाल २०७३ पुष २६ गते १८:३२

झापा, २६ पुस । माछापुच्छ्रे बैंकले उपभोक्तालाई दिएको हजारको बण्डलमा नक्कली नोट भेटिएको छ । माछापुच्छ्रे ‘क’ बर्गको बाणिज्य बैंक हो ।

झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको शाखा कार्यालयले सोमबार बिर्तामोडका तीर्थ अधिकारीलाई उपलब्ध गराएको रककमा १ हजारको नोट नक्कली भेटिएको हो ।

सोमबार दिउँसो २ बजे माछापुच्छ्रे बैंकबाट लाखौँ रुपैयाँ निकालेर जनता बैंक पुगेका तीर्थलाई जम्मा गर्नखोज्दा बण्डलमा एक हजारको नोट नक्कली रहेको कुरा जनता बैंकका कर्मचारीले पत्ता लगाएर बताएका थिए । र नक्कली नोट भन्दै जम्मा गरिदिएनन् ।

रकम जम्मा नभएपछि नक्कली नोट भएको बण्डल बोकेर तीर्थ तुरुन्तै माछापुच्छ्रे बैंक गएका थिए । तर, माछापुच्छ्रेका कर्मचारीले उक्त नोट लिन मानेनन् ।

माछापुच्छ्रे बैंकका शाखा प्रवन्धक सञ्जय देवानले कुनै पनि हालतमा उक्त नोट फिर्ता नहुने अडान लिए ।  । उनले बैंकबाट बाहिर गइसकेपछि फिर्ता नहुने नियम सुनाए ।

नक्कली नोट नसाटिएपछि तीर्थले दुःख मात्रै पाए ।

प्रतिक्रिया
सम्बन्धित