आइतबार, ११ असार २०७४
DainikNepal.com
आइतबार, ११ असार २०७४

‘एक चीन नीति’ उल्लंघन गरे ट्रम्पसँग बदला लिने चीनको घोषणा

दैनिक नेपाल २०७३ पुष २६ गते १३:४३

काठमाडौं, २६ पुस । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक चीन नीति’ उल्लंघनको प्रयास गरे बदला लिने चेतावनी दिएको छ ।

ताइवानका राष्ट्रपति अमेरिका जानु र ह्यूसटनमा रोकिनुले चीन सशंकित भएको हो । चीनको सरकारी अखबार ग्लोबल टाइम्सको सम्पादकीयमा अमेरिकालाई भनिएको छ कि ‘ताइवानका राष्ट्रपति साय इंग वनलाई अमेरिकामा घुस्न नदेउ र एक चीन नीतिबारे कुनै बैठक नहोस् ।’

ताइवानका राष्ट्रपतिले आइतबार अमेरिकाका वरिष्ठ रिपब्लिकन नेतालाई भेटेका थिए । साय इंग वन मध्य अमेरिकाको यात्रामा पनि थिए । तर, अचानक उनी ह्यूसटनमा रोकिएका थिए, जसले गर्दा चीन रुष्ट बनेको छ ।

टेक्ससका गवर्नर ग्रेग अबाटले ट्वीट गर्दै आफू र सायको फोटो पोष्ट गरेका थिए । फोटोसंगै टेक्सस र ताइवानी झन्डा पनि देखिएको छ । सायले टेक्ससका सेनेटर टेड क्रूजुंग पनि भेटे गरेका थिए । ग्लोबल टाइम्सले संपादकीयमा ‘एक चीन नीति’ माथि अटल रहनका लागि अमेरिकी राष्ट्रपतिलाई अनुरोध गरेको छैन, तर यो अमेरिकी राष्ट्रपतिको कर्तव्य हो भनेको छ ।

त्यस्तै, चीन–अमेरिका सम्बन्ध कायम राखोस र एसिया महादेशको मौजुदा व्यवस्थाको सम्मान गरोस् भनिएको छ । संपादकीयमा लेखेको छ ‘यदि ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि एक चीन नीति माथि असर पुगेमा चीनका नागरिकले सरकारबाट यसको बदला लिनका लागि माग गर्नेछन् । त्यसको कुनै मोलतोल हुने छैन ।’

चीन सरकारका अनुसार ट्रम्पले २० जनवरीमा राष्ट्रपति पद सम्हाल्नुभन्दा पहिले कुनैपनि विदेशी नेतासंग भेट गर्ने छैन भनेका थिए । उनले २० जनवरीपछि सायसंग भेट्ने संभावना व्यक्त गरेका थिए । जबकी टेड क्रुजले भने ‘कांग्रेसका कैयौं सदस्यलाई चीनी दूतावासबाट चिट्ठी समेत प्राप्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित