मंगलबार, ७ कार्तिक २०७४
DainikNepal.com
मंगलबार, ७ कार्तिक २०७४

भीम रावलले राजेन्द्र महतोलाई पक्राउ गर्न खोज्दा…

दैनिक नेपाल २०७३ पुष २७ गते ११:३६

भीम रावल । एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री । गृह तथा रक्षामन्त्री दुवै भइसकेका रावलको परिचय यतिमै मात्र सीमित छैन्, उनी प्रष्ट वक्ता र खरो स्वभावका देखिन्छन् । तर, विद्यार्थीकालदेखि नै प्रगतिशील विचारधारालाई आत्मसात गर्दै राजनीतिक यात्रा सुरु गरेका रावल राष्ट्रियताको पक्षमा त्यतिकै अडिग र अटलझैँ देखिन्छन् । उनको बोली र व्यवहारले फ्यानहरु धेरै छन्, उत्तिकै चिढाएको पनि छ । रावलका जीवनका केही स्मरणीय घटनालाई दैनिक नेपालले खोतल्ने प्रयास गरेको छ:

राजेन्द्र महतोलाई पक्राउ गर्न खोज्दा…

राजेन्द्र महतोले देशभर उत्तजेक अभिव्यक्ति दिइरहेका थिए । संविधान निर्माणको जटिल मोडमा सरकारकै मन्त्रीको उत्तजेक अभिव्यक्ति । माधव नेपाल नेतृत्वमा बनेको सरकारमा रहेका मन्त्री राजेन्द्र महतोले मधेशमा गएर देश विरोधी अभिव्यक्ति दिइरहेका थिए । उनले मधेशमा रथयात्रा गर्ने भनेर पूर्वबाट रथयात्रा सुरु गरे । नेपालगञ्ज पुगिसकेपछि महतोले ‘आफूले भनेको नभए देश नै टुक्र्याउने’ आशयको अभिव्यक्ति दिए । त्यो जानकारी मैले विभिन्न सञ्चार माध्यमाबाट पाएँ ।

त्यसको भोलिपल्ट नै मन्त्रिपरिषदको बैठक बसेको थियो । त्यही बैठकमा मैले समय लिँदै ‘देश टुक्र्याउने अभिव्यक्ति कसैले पनि दिन पाइँदैन । झन सपथ नै खाएर मन्त्रिपरिषदमा रहेका मन्त्रीले यस्तो भन्न कसरी पाइन्छ ? त्यसैले म मन्त्री राजेन्द्र महतोलाई गिरफ्तार गर्दैछु’ भने जानकारी दिएँ । ‘सरकार ढले मात्रै हो नभए म राष्ट्रघाति अभिव्यक्ति गर्ने मन्त्री महतोलाई गिरफ्तार गर्छु’ पनि भनेको थिएँ ।

मैले समय लिँदै ‘देश टुक्र्याउने अभिव्यक्ति कसैले पनि दिन पाइँदैन । झन सपथ नै खाएर मन्त्रिपरिषदमा रहेका मन्त्रीले यस्तो भन्न कसरी पाइन्छ ? त्यसैले म मन्त्री राजेन्द्र महतोलाई गिरफ्तार गर्दैछु’ भने जानकारी दिएँ । मैले यसो भनिसकेपछि मन्त्रिपरिषद्का सदस्यहरु गम्भीर मुद्रामा देखिए । त्यहाँ बिजय गच्छदार, महेन्द्र राय यादव जस्ता मधेशी नेताहरु पनि थिए ।

मैले यसो भनिसकेपछि मन्त्रिपरिषद्का सदस्यहरु गम्भीर मुद्रामा देखिए । त्यहाँ बिजय गच्छदार, महेन्द्र राय यादव जस्ता मधेशी नेताहरु पनि थिए । प्रधानमन्त्रीबाट ‘मन्त्री महतोले बोलेको कुरा अध्ययन गरौं, अनि निष्कर्षमा पुगौँला’ भन्ने कुरा आयो ।

तर, म सम्पूर्ण प्रमाणसहित मन्त्रिपरिषद्मा उपस्थित भएको थिएँ । महतोले गरेको भाषणको अडियो रेकर्ड झिकाइ सकेको थिएँ । सुरक्षा निकायलाई त्यसको सम्पूर्ण विवरण मलाई पेश गर्नु पनि भनेको थिएँ । तर, त्यो प्रक्रिया अगाडि बढ्दा बढ्दै सरकार ढल्यो । र, राज्यविरुद्ध अभिव्यक्ति दिने मन्त्री महतोलाई पक्राउ गर्न गर्ने काम पनि हुन सकेन ।

सत्ताकब्जा र प्रचण्डको नाच

मन्त्री भएकै बेलाको अर्को घटना पनि स्मरण गर्न चाहन्छु । राष्ट्रिय सुरक्षाको विषयलाई सँधै निकै गम्भीर र संवेदनशिल लाग्छ । म गृहमन्त्री भएको बेला पनि सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्ने प्रयास गरेको थिएँ । मैले आफै राष्ट्रिय सुरक्षा नीति निर्माणमा पनि विशेष ख्याल गरँे र गर्दै पनि आएको छु ।

माधव नेपालको नेतृत्वको सरकारका पालामा जतिबेला गृहमन्त्री थिएँ, त्यतिबेलाको सबैभन्दा ठूलो पार्टी एनेकपा माओबादी सरकार बाहिर थियो । एमाओबादी नेता पुष्पकमल दाहालले सत्ता कब्जा गर्ने घोषणा गरेका थिए । घोषणापछि एमाओबादीले विशाल जुलुस समेत निकाल्यो । त्यसको सामना मैले गर्नुपथ्र्यो । प्रचण्डको योजनालाई मैले विफल पार्नु थियो । माओवादीले काठमाडौँमा करिब ८० हजार मानिस जम्मा गरेको रिपोर्ट आएको थियो । विशाल जुलुसमार्फत सिंहदरबार कब्जा गर्ने प्रचण्डको योजना थियो ।

हाम्रै पार्टीका नेताहहरु समेत ‘अब प्रधानमन्त्री र गृहमन्त्रीलाई घिसारेर सडकमा लैजान्छन् । यो परिस्थिति सार्वजनिक गर्न सकिँदैन्’ भनेर सल्लाह दिन थालेका थिए । तर, म जस्तोसुकै परिस्थितिको सामना गर्ने र माओवादीको सत्ताकब्जाको सपनालाई तुहाउने योजनामा थिएँ । बिहानै सिंहदरबार पुग्थें र योजना बनाउँथे ।

परिस्थिति अहिले संवेदनशील नै बनेपछि मैले मिडियालाई बोलाएँ । सुरक्षा निकायका पनि सबै प्रमुखलाई बोलाएँ । म जस्तोसुकै कदम पनि चाल्न सक्छु, मैले भनेको सक्दैनौं भने भ्याली बाहिर पठाउँछु अर्कोलाई झिकाउँछु समेत भनेको थिएँ । भद्रकाली अगाडि प्रचण्डको जुलुस थियो । त्यो दिन प्रचण्डले कोसँग नाचेका थिए, के भएको थियो भनेर सम्झाउन नपर्ला । हो, दिन म सुरक्षा निकायका सबै प्रमुखलाई लिएर सिंहदरबारको मुल गेटमा निस्कें । त्यही गेटमा मिडियालाई समेत साथमा राखेर सुरक्षा निकायका प्रमुखहरुलाई सोधें– ‘तपाईंहरुलाई अब देशको सुरक्षा गर्न सकिन्न भन्ने लागेको छ ? लागेको छ भने भन्नुस् !’

सबैले एकैस्वरमा जबाफ फर्काए– ‘हामी गर्न सक्छौँ सर, समस्या छैन !’ सिंहदरबारका सबै गेटमा पुगेर मैले सुरक्षाकर्मीहरुलाई हिम्मत बढाउने काम गरें ।

फलस्वरुप प्रचण्डको सपना सफल हुन सकेन । सिंहदरबार कब्जा गर्ने भनेर आएका माओवादीका कार्यकर्ता घर फर्किए । माओवादीको अधोगति त्यही दिनदेखि सुरु भएको हो ।

प्रचण्डले जंगल जान्छु भनेपछि…

तत्कालिन नेकपा माओबादी शान्ति प्रक्रियामा आइसकेपछि एउटा महत्वपूर्ण काम माओबादी लडाकुलाई समायोजन गर्नुपनि थियो । यसैक्रममा लडाकु समायोजन गर्ने प्रक्रिया पनि सुरु भयो । त्यसक्रममा तत्कालिन माओबादीले सेना समायोजन गर्दा लडाकुको स्तर हेरेर नेपाली समेनामा जर्नेलसम्मको स्थान दिनुपर्ने भनेर प्रस्ताव राख्यो ।

माओबादीले त्यस्तो प्रस्ताव राखेपछि कोही बोल्न सकेनन् । मैले माओबादी अध्यक्ष प्रचण्डले राखेको अडानको खुलेर विरोध गरेँ । ‘नेपाली सेना भनेको नियम कानुन र विधिको शासनबाट सञ्चालित छ, जे मन लाग्यो त्यो त गर्न मिल्दैन’ भनेर जवाफ दिएँ । मैले यस्तो भनिसकेपछि माओबादी अध्यक्ष प्रचण्डले हामीले भनेजस्तो पद पाइँदैन भने हामी फेरि जंगल जान्छौं भनेर उल्टै धम्क्याए । प्रचण्डको धम्कीपछि मैले ‘तपाईंहरु त्यही चाहनुहुन्छ भने जंगल जानुहोस्, फेरि एकपटक लडौं, जसले जित्यो उसैले ढुक्कसम्म देश चलाउँछ’ भनेँ । यसपछि माओबादीले कहिल्यै पनि जंगल पस्ने कुरा गरेन ।

…जब नेपालको नाम नै परिवर्तन गर्ने प्रस्ताव आयो

संविधानसभा भित्रै मधेसी नेताहरुले नेपाली सेनामा १० हजार मधेशी युवाहरुको सामूहिक भर्ना गरिनुपर्छ भन्ने प्रस्ताव ल्याउँदा सबैभन्दा पहिले मैले नै त्यसको विरोध गरेको हुँ । त्यस्तो प्रस्ताव आउँदा पनि कोही एक शब्द बोलेनन् । सबै चुप बसेपछि मैले केही बोल्नुपर्ने भयो । मैले ‘मधेश भन्दा आर्थिक रुपमा पिछडिएको सुदूरपश्चिम छ, त्यहीँबाटै २० हजार युवाहरुलाई सेनामा भर्ती गरेर यो अभियानको सुरुवात गरौं न त’ भनेर उल्टै प्रतिप्रश्न गरेको थिएँ । मैले उल्टै प्रस्ताव गरेपछि मधेसी नेताहरुले पछि यो प्रस्ताव ल्याएनन् ।

अझ म त्यतिबेला झसंग भएँ, जतिबेला एउटा अचम्मको माग संसदीय समितिमा आयो । सद्भावना पार्टी (आनन्दीदेवी) की नेतृ सरिता गिरीले देशको नाम नै परिवर्तन गर्नुपर्छ भनेर प्रस्ताव राखिन् । देशको नाममा पनि उनको के आपत्ति थियो । मैले त्यसको पनि खरो विरोध गरेँ । यस्तो प्रस्ताव आउँदा पनि सुरुमा कोही नेता बोल्न सकेन् । बरु यो प्रस्ताव राख्ने गिरीलाई कारबाही गर्नुपर्छ भनेर जोडदार कुरा उठाएँ । नेपालको नाम परिवर्तन गरेर हिमाल या यस्तै केही नाम राख्नुपर्छ भनेर सरिता गिरीले प्रस्ताव गरेकी थिइन् । यस्ता प्रस्तावहरु सम्झँदा अहिले पनि मलाई अचम्म लाग्छ ।

विदेशमा समेत जातीवादीको निशाना

मेरो सैद्दान्तिक लडाईं भनेको प्रायः माओबादी र मधेसवादी दलहरुसँग नै बढी भयो । दोस्रो संविधानसभाको चु्नावमा म मेरो गृह जिल्ला अछामको क्षेत्र १ बाट विजयी भएको थिएँ । पहिलो संविधानसभा असफल भएकाले हामीले जसरी पनि संविधान निर्माण गर्नुपर्ने थियो । सोहीअनुसार संविधान बनाउन थुप्रै बहस हुन थाले, देशका विभिन्न ठाउँका जनताले आफ्ना मागहरु राख्न थाले । कुनै ठाउँमा नेताहरुकै उक्साहटका कारण राष्ट्र विरोधी आवाज पनि उठन थालेका थिए ।

संविधान निर्माणको क्रममा प्रदेशको संख्या निर्धारण, नामाकरण, सिमांकनको काम पनि प्रमुख थियो । यस क्रममा थुप्रै खाकाहरु तयार भए । पार्टीपच्छिे खाकाहरु बनाइए । सुरुमा पाँचदेखि दुई दर्जन भन्दा बढी प्रदेश बनाइनुपर्छ भन्ने खाका र आवाजहरु पनि आए । संख्या मात्रै नभई जातीयताका आधारमा पनि प्रदेश बनाइनुपर्छ भन्ने आवाज विशेषगरी एमाओबादी र मधेशबादी दलहरुबाट आयो ।

पहिलो संविधानसभा पनि विशेष गरी प्रदेशको निर्धारण गर्न नसकिएकै कारण विफल भएको थियो । दोस्रो संविधानसभामा पनि यही कुरा दोहोरिँदै थियो । म र मेरो पार्टी नेकपा एमाले जातीय राज्यको विरोधी र धेरै प्रदेश हुनु हुँदैन भन्ने पक्षमा अझै छ । जातीय राज्यका विषयमा एमाओबादी र मधेशबादी दलका केही नेताहरुसँग मेरो कहिल्यै कुरा मिलेन । तराई, पहाड अलग्याएर संघीयतामा जानु देशको लागि फाइदा हुँदैन भनेर ठूलो संघर्ष गर्नुप¥यो । कतिपय अवस्था जातीय पक्षधरहरुबाट अपशब्दहरु पनि पाइयो । अखण्ड सुदूरपश्चिममा पनि जातीय राज्यको विरुद्धमा ठूलो आन्दोलन चक्र्यो । अरुको उक्साहटमा सुदूरपश्चिममा जातीय राज्यको माग उठेको थियो । यसले त झन सुदूरपश्चिमलाई झनै गरिब बनाउँछ, त्यसैले म यसको विपक्षमा उभिएको हो ।

संविधानसभा र शीर्ष नेताहरुको बैठकमा अडान राखेकै कारण ममाथि विभिन्न किसिमले हमलाको प्रयास गरिए । एनआरएनको कार्यक्रममा अस्ट्रेलिया जाँदा जातिय राज्यको विरोधी भनेर ममाथि निकै चर्का नाराबाजी भयो । तर, मैले देशभक्तिपूर्ण र तथ्यगत आधारमा कुरा गर्दै मेरा विरुद्ध नारा लगाउनेलाई भनेँ– ‘यदि अहिलेको आवश्यकता जातीय राज्य हो र त्यही आधारमा अधिकार खोज्ने हो भने तपाईंहरुले अष्ट्रेलियामा आएर काम गर्ने अधिकार कसरी पाउनुभयो’ भनेर मञ्चबाटै भनेको थिएँ । त्यहाँ जातीय राज्यको बारेमा मैले प्रष्ट्याउनु परेको थियो । त्यस्तै अवरोध बेल्जियममै पनि भयो । मेरो कार्यक्रममा होहल्ला र विरोध गर्न युरोपको अर्कै देशबाट मानिस बोलाइएको रहेछ । काठमाडौँबाटै जातिय नेताहरुको उक्साहटमा उनी मेरो कार्यक्रममा होहल्ला गर्न आएको पत्ता लाग्यो । संयुक्त राष्ट्रसंघको कार्यक्रममा जाँदा पनि मेरोविरुद्ध जुलुसको तयारी गरिएको खबर पाएको थिएँ । एकहिसाबले भन्नुपर्दा मेरो अडान र तर्कसँग पराजित हुनेहरुले स्वदेश तथा विदेशमा पटकपटक हमलाको प्रयास गरे ।

माओवादी नेताले कुट्न खोजे

संविधान निर्माणकै क्रममा नागरिकता सम्बन्धी भएका बहस पनि निकै स्मरणीय छ । माओबादी र मधेशबादी दलहरुले विदेशीलाई पनि सहज हुने किसिमले नागरिकतालाई खुकुलो पार्ने प्रयास गरे । त्यसबेला पनि मैले कडा रुपमा विरोध गरेँ । राष्ट्रियतामाथि नै आँच आउने र नेपाली जनतालाई नै अप्ठेरो हुने गरी आएको प्रस्तावको विरोध गर्दा नाम नभनौं माओबादीका एकजना नेता ममाथि भौतिक रुपमै जाई लाग्न खोजे ।
मैले त्यसक्रममा संसारभरका करिब ६०/७० देशहरुमा गरिएको नागरिकता सम्बन्धि व्यवस्थाको बारेमा अध्ययन गरेँ । यसैको बहसमा मैले अध्ययन गरेका तथ्यगत कुराहरु राखेँ । सोहीकारण कुतर्क गर्नेहरु पराजित भए ।

…जब म मरेको हल्ला फैलियो

अहिले मात्रै होइन्, २०४६ साल अघिका दिनहरु पनि यत्तिकै कठीन थिए । म अध्ययनकै क्रममा काठमाडौं आएको हो । २०३२ सालमा स्वतन्त्रता, स्वाधिनता, अखण्डता र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदै म विद्यार्थी आन्दोलनमा होमिएँ । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्दै गर्दा १७ वर्षकै कलिलो उमेरमा मैले विद्यार्थी राजनीतिको नेतृत्व गरेको थिएँ । त्यो बेला भारतले सिक्किमलाई हड्पेको थियो । ठूलो देशले सानो देशलाई हडप्ने कुरा गलत हो भन्दै विद्यार्थीहरुले जुलस निकालेका थियौं । त्यो जुलसमा नेतृत्वदायी भूमिका मैले नै निभाएको थिएँ ।

त्यसलगत्तै २०३३ सालमा तत्कालिन प्रधानमन्त्री तुलसी गिरीको भारत भ्रमण थियो । उनले भारतमा गएपछि नेपालका नदीनालाको विषयमा एउटा सन्धि–सम्झौता गरे । सन्धि–सम्झौतापछि दुवै देशका प्रधानमन्त्रीले निकालेको संयुक्त बक्तव्यमा नेपालका नदीनालामा बग्ने पानी दक्षिणतिर ढल्ने भएकाले नेपाल र भारतको विशेष सम्बन्ध रहेको छ भन्ने आशय आएकाले त्यो बेला पनि हामीले त्यसको डटेर विरोध ग¥यौं ।
भारतसामु गएर राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको पनि विरोध गरेका थियौं । सरकारको विरोध गर्ने क्रममा नै हामीले ‘श्री ५ को सरकारको घुँडा टेकुवा नीति’ शिर्षक नै राखेर पर्चा निकाल्यौँ ।

पर्चा निकाल्न पनि कहाँ सजिलो थियो र ? प्रहरीको आँखा नलाग्ने ठाउँको खोजी भयो । अरु ठाउँमा भए थाहा होला, तर प्रहरीको नजिकै भयो भने त्यतिधेरै चियोचर्चो हुन्न भनेर हामीले नेपाल पुलिस क्लवको ठीक पछाडि पट्टि रहेको गायक सुनिल मानन्धरको घरको माथिल्लो तल्लामा रातभर पर्चा छापेका थियौं । सुनिल मानन्धर हामीसंगै सामेल भएका सुनिल राईको साथी थिए ।

‘सरकार विरोधी’ भन्दै तत्कालिन सरकारले आन्दोलनमा सामेल भएका मसहितका केही विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दियो । सरकार विरोधी पर्चा छापेको निहुँमा हामीलाई प्रहरीले गिरफ्तार ग¥यो । त्यो बेला श्री ५ को सरकारको विरोध गर्नु अहिलेको जस्तो सजिलो थिएन । सरकारको विरोध गर्नु भनेको त्यो बेला सरसार जेल जानुजस्तै थियो । हामीलाई पनि सरकारकै विरोध ग¥यो भनेर राजकाज मुद्दा लगाइयो ।
२०३५–३६ ताका काठमाडौंको एक इन्जिनियरिङ क्याम्पस हातामा अखिलको एकताको छैटौ अधिवेशन थियो । त्यो अधिवेशनमा हामीले राष्ट्रियताको पक्षमा जोडदार आवाज पनि उठायौं । त्यस बेला एसियाली विद्यार्थी संघसँग पनि समन्वय गरेर अन्तराष्ट्रियस्तरमा समेत बाह्य हस्तक्षेप, थिचोमिचोको विरुद्धमा आवाज बुलन्द गर्ने काम गरिरहेका थियौं । राष्ट्रियताको पक्षमा अन्तराष्ट्रियस्तरमा समेत ऐक्यबद्धतापूर्ण किसिमले अभियान चलाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले एसियाली विद्यार्थी संघसँग समन्वय गरेका थियौं ।

म आफै संघको विदेश विभाग प्रमुख थिएँ । मैले अन्तराष्ट्रियस्तरमा समन्वय गर्ने काम गर्थें । चिठी पत्र पठाउने, विदेशका विभिन्न कार्यक्रममा भाग लिन जाने काम मैले नै गर्ने गर्थेँ । त्यही क्रममा हङ्कङको एक कार्यक्रममा भाग लिएर आउने क्रममा मैले पहिलोपटक अंगे्रजी नेपाली टाइप गर्न सकिने टाइपराइटर ल्याएको थिएँ । त्यसपछि हाम्रो लागि निकै सहज भयो । त्यसमा अंगे्रजी र नेपाली भाषामा मैले नै टाइप गर्ने काम गर्थेँ ।

अनसनको नवौं दिनमा म निकै सिकिस्त भइसकेको थिएँ । बोल्न सक्ने अवस्था पनि थिएन । सायद त्यही सिकिस्त देखेर होला कतिपय सञ्चार माध्यममा ‘भीम रावल मरिसक्यो’ भनेर समाचार पनि आयो ।

अधिवेशनमा प्रहरीले हस्तक्षेप गरेको थियो । अधिवेशनकै बेला एसियाली विद्यार्थी संघका महासचिव रोची किङ आउने कार्यक्रम पनि थियो । उनलाई लिन एयरपोर्ट जाँदा मसहितका विद्यार्थी नेताहरुलाई प्रहरीले पुनः गिरफ्तार ग¥यो । सबैलाई काठमाडौंको डिल्ली बजारस्थित सदरखोरमा राखियो ।

देश र जनताका लागि आवाज उठाउँदा सरकारले गिरफ्तार गरेको विरोधमा मसहितका नेताहरुले सदरखोरमा विद्रोह ग¥यौं । र, सदरखोर नै कब्जा ग¥यौं । हामीले जेलमै अनसन पनि सुरु गरिसकेको थियौं । त्यसपछि तत्कालिन अञ्चलाधिशसंग बार्ता गर्ने निहुँमा हामीलाई त्यहाँबाट हुनमानढोकामा लगियो । त्यहाँबाट भोलिपल्ट सबै साथीहरुलाई अलग–अलग बसमा राखेर झिसमिसेमै कसैलाई पोखरा, कसैलाई विरगञ्ज र कसैलाई भैरहवा जेलमा लगियो । मलाई भैरहवामा लगियो ।

सदरखोरमै हुँदा सुरु गरिएको अनसन हामीले भैरहवा जेलमा पनि जारी राख्नुपर्यो । अनसनसँगै दमनविरुद्ध नाराबाजी गर्ने काम पनि गरिरहेका थियौं । त्यस काममा म अलि बढी सक्रिय थिएँ । अनसनको नवौं दिनमा म निकै सिकिस्त भइसकेको थिएँ । बोल्न सक्ने अवस्था पनि थिएन । सायद त्यही सिकिस्त देखेर होला कतिपय सञ्चार माध्यममा ‘भीम रावल मरिसक्यो’ भनेर समाचार पनि आयो ।

परिस्थिति कस्तो थियो भने त्यसबेला मैले भर्खरै बिहे गरेको थिएँ । म जेलमा रहँदा मलाई मेरो श्रीमती भेट्न आइरहन्थिन् । मेरो श्रीमती लगायत धेरैले मलाई अनसन तोड्न दबाब दिन्थे । ती सबैलाई बेवास्ता गर्दै म मैले अनसन जारी राखेको थिएँ ।

म सकिस्त भएको खबर पाएपछि हतारहतार मेरो श्रीमती भेट्न जेलमा आइपुगेकी थिइन् ।

श्रीमतीले घुमाउरो भाषामा पार्टीको सन्देश सुनाइन् – ‘अनशन तोड्नु भन्नेछ’

‘किन तोड्ने ? म तोड्दिन् !’ मैले श्रीमतीलाई जबाफ फर्काएँ ।

त्यसपछि उनले पुलिसको आँखा छलेर एउटा सानो कागजको टुक्रा मेरो हातमा राखिदिइन् । पत्र हेरें, तत्कालिन विद्यार्थी इन्चार्ज माधव नेपालको रहेछ । त्यो चिटमा मलाई अनसन तोड्नु भनेर लेखिएको रहेछ । त्यतिबेला माधव कमरेडको नाम ‘विवेक’ थियो ।

‘साथीहरुसँग सल्लाह गरेर निर्णय गर्छु’ भन्दै त्यो पत्र लिएर म भित्र गएँ ।

अनसन तोड्न पार्टीबाटै दबाब आएपछि हामीले एउटा शर्त राख्यौँ– हामीलाई उपचार गराउन अस्पताल लैजाने भएमात्र अनसन तोड्छौँ । मर्नु नै छ भने किन अनशन तोड्ने ?’

जेल प्रशासनले त्यो शर्त मान्यो । हामीले अनसन तोड्यौं । र, अस्पताल भर्ना गरियो । अरु साथीहरुलाई दुई तीन दिन स्लाइनपानी दिइयो र मलाई भने पाँच दिन । अस्पतालबाट डिस्चार्ज भइसकेपछि मलाई भैरहवा एअरपोर्ट हुँदै काठमाडौँ जेलमा ल्याइयो । त्यो बेला समग्रमा तीन महिना जेलमा बसेँ ।

जनप्रतिनिधि भएर संसदमा प्रतिनिधित्व गरिसकेपछि पनि मैले जहिल्यै जनअधिकार र राष्ट्रियताकै पक्षमा आवाज उठाएको छु । मैले राष्ट्र र राष्ट्रियताका विषयमा मात्र होइन्, पार्टीभित्र पनि आन्तरिक एकताका लागि प्रयास गरिरहेको छु । पार्टीमा कुनैबेला देखिएको दरारको अवस्थालाई बलियो बनाउन भूमिका खेल्दै आएको छु ।

प्रस्तुतिः अंकुश कुँवर/ दैनिक नेपाल

प्रतिक्रिया
सम्बन्धित