सोमबार, १२ असार २०७४
DainikNepal.com
सोमबार, १२ असार २०७४

क्लासिक टेक र एयरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्बन्धी सम्झौता

दैनिक नेपाल २०७३ पुष २६ गते १०:०८

काठमाडौं, २६ पुस । बिगत ७ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले एयरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यो सहकार्य अनुसार एयरटेल र क्लासीक टेक Fiber Medium बाट सिधै जोडिएको हुँदा hop हरु कमहुने, Latency कमहुने र प्रशस्त Bandwidth भित्र्याउन सकिने भएको छ ।

यो सँगै अब ग्राहकले Inter-As-MPLS र International Private Leasing Circuit [IPLC] जस्ता लाभहरु लिन सक्नेछन् । क्लासीक टेक ले Airtel मार्फत lease line service संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो Internet Speed उपभोग गर्न पाउने भएका छन् ।

नयाँ बर्ष २०१७ को अवसरमा उच्च गतिको 12 Mbps unlimited इन्टरनेट बार्षिक ग्राहकलाई रु १९९९ प्रतिमहिना उपलब्ध गराइएकोे छ । साथै 3 Mbps unlimited मात्र रु १०९९ प्रतिमहिना र 6 Mbps unlimited मात्र रु १४९९ प्रति महिनामा उपलब्ध गराएको छ र बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क बनाएको छ ।

यस लगायत क्लासिक टेकका सेवाग्राहीका लागीपनि internet recharge मा 2 % Rebate को योजना ल्याएको छ र यो योजना सीमित अवधिको लागीमात्र रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित