शुक्रबार, ९ असार २०७४
DainikNepal.com
शुक्रबार, ९ असार २०७४

संसदमा यसरी टेबल भयो संविधान संशोधन विधेयक, विपक्षीले गरे हंगामा (हेर्नुस् भिडियो)

दैनिक नेपाल २०७३ पुष २४ गते १६:५८

सरकारले प्रमुख प्रतिपक्षी एमालेसहितका नौँ विपक्षी दलको विरोधका बीच संसदमा संविधान संशोधनको विधेयक पेश गरेको छ ।

सभामुख ओनसरी घर्तीले नारावाजीका बीच संशोधन विधेयक सदनमा पेश गर्न कानूनमन्त्री अजयशंकर नायकलाई समय दिएकी थिइन् । मन्त्री नायकले पनि हतार हतारमा विधेयक बैठकमा पेश गरेका छन् ।

एमालेसहितका दलका सांसदहरूले विधेयकको विरोधमा नारावाजी गर्दै ‘राष्ट्रघाती संशोधन विधेयक’ फिर्ता गर भनेर नारावाजी समेत गरेका थिए ।

नारावाजीका बीच संसदमा विधेयक पेश भएपछि एमालेसहितका दलका नेताहरूले सरकारले पेलेर जाने नीति लिएको भन्दै आक्रोश जनाएका छन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित