मंगलबार, १२ वैशाख २०७४
DainikNepal.com
मंगलबार, १२ वैशाख २०७४

एमालेले राजधानीमा यसरी निकाल्यो अहिलेसम्मकै ठूलो मोटरसाइकल र्याली (हेर्नुस् भिडियो)

दैनिक नेपाल २०७३ पुष २१ गते १८:४०

संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेले विहिबार अपराह्न राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

राष्ट्रघाति र जनहित विपरितको संविधान संशोधन विधेयकविरुद्ध पुस २२ गते विपक्षी ९ दलद्धारा आयोजित विशाल आमसभाको पूर्वसन्ध्यामा अपराह्न १० हजारभन्दा बढी संख्यामा मोटरसाइकल र्याली निकाल्दै एमालेले शक्ति देखाएको हो ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार मोटरसाइकल र्यालीको सुभारम्भ एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव गोकर्ण विष्टले प्रदर्शनीमार्गबाट गरेका थिए । र्यालीले चक्रपथसहित पुरै राजधानीको परिक्रमा गरेको छ ।

र्यालीमा नेकपा एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, किसान महासंघ, खेलकुद महासंघसहित बिपक्षी ९ दलका भातृ संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया
सम्बन्धित