सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

‘छोरा धेरै पढ्नु, तर बिग्रेर बाबुराम भट्टराई जस्तो नहुनु !’

- शिवप्रसाद ढुंगाना २०७३ पुष १९ गते २२:०३

पूर्वप्रधानमन्त्री डा. भट्टराईका अनेक रुप

गोरखाको एउटा लुरे, ख्याउटे केटोलाई बाबुआमाले अनेक गरेर पढाए । ढाका टोपी लगाउन मन पराउने त्यो सामान्य परिवारको केटो पढ्नमा तेज थियो । एसएलसीमा बोर्डफस्ट पनि भयो । नेपालमा उच्च शिक्षा लिएपछि पढ्नका लागि भारतको विश्वविद्यालयमा पुग्यो । सुरुमा काँग्रेसको विचारधारा बोक्ने त्यो केटो एकाएक कम्युनिष्ट भएर आयो । त्यो पनि अति नै उग्र ।

इन्जिनियर होला, पीएचडी गर्ला र देशको विकास गर्ला भन्ने परिवारको सपनालाई तिलान्जली दिँदै उसले विस्तारै देशको व्यवस्थालाई नै धाबा बोल्न थाल्यो । देश चलाउनेहरुलाई गाली गर्दै र देशको व्यवस्थालाई सराप्दै ध्वंशको बाटो लिने निष्कर्षमा पुग्यो । र, हतियार उठाउँदै देशमा हत्या, हिंसा र आतंकको उद्योग संचालन गर्यो । सबै जात, जाति, धर्म, संस्कृतिबीच घनिष्ठ मिलाप रहेको देशमा झगडाको बिउ रोप्न सफल भयो । जसका कारण वितेको दुई दशक देश अस्थिरता र पछौटेपनबाट गज्रिरहेको छ ।

हो, त्यो केटो । अर्थात, सम्माननीय समेत भइसकेका डा. बाबुराम भट्टराई । आफैले जन्माएको पार्टी छाडेर नयाँ शक्ति नेपालका नाममा नयाँ उद्योग सुर गरेका डा. भट्टराई यतिबेला विवादको शिखरमा छन् । अनेक खाले छुद्र भाषण र टिप्पणी गरेर चर्चामा आइरहने बाबुराम यसपटक भने टोपी दिवसका विषयलाई लिएर विवादमा आएका हुन् । शहरिया युवाहरुमा अंग्रेजी नयाँ बर्ष बनाउने संस्कार बाक्लिँदै गर्दा केही प्रगतिशील युवाहरुले जनवरी १ लाई नेपाली ढाका टोपी दिवसका रुपमा मनाउने निर्णय गरे । जसको धेरैले प्रशंसा गरेका छन् । तर, उनलाई पचेको छैन । किनभने उनी यो देशका नागरिकहरु मिलेर बसेको देख्न चाहन्नन् । देश सप्रे अर्थात जनता मिले उनको व्यापार चल्दैन ।

मधेशमा जाँदा धोती पनि लगाउन तम्सिहाल्ने, पहाडमा जाँदा जनजातिका कपडा पनि लगाउने कला भएका उनलाई नेपाली टोपी नपच्नु स्वभाविकै हो । साम्यवादको सपना देखाएर सर्वसाधारणलाई जनयुद्ध नामक कथित मुक्ति आन्दोलनमा होम्याउने, हातमा किताब कापी बोकेका अबोध बालबालिकाहरुलाई वुर्जुवा शिक्षा भनेर बन्दुक बोक्न उत्प्रेरकको भुमिका खेलेर आफ्नी छोरीलाई विदेश पढाउने उनै हुन् ।

अघिल्लो दिन संविधानको मस्यौदा तयार गरेर बुझाएका, भोलिपल्टै आफैले गरेको मस्यौदामा विश्वास नभएर प्रतिगामी संविधान बन्दैछ भन्दै सांसद पदबाट राजीनामा दिएका भट्टराईबाट संविधान निर्माणको चरणसम्म आम नेपालीहरुले आशा र भरोसा नगरेका होइनन् । तर, जव उनको माओवादीबाट नयाँ शक्तिमा, साम्यावादको लक्ष्यबाट सामाजवादको अन्तिम लक्ष्यमा रुपान्तरण भयो, त्यतिबेलै उनको स्खलित राजनीतिक चरित्रबारे धेरैले आलोचना गरेका थिए ।

लेखकः शिवप्रसाद ढुंगाना

मधेशमा जाँदा धोती पनि लगाउन तम्सिहाल्ने, पहाडमा जाँदा जनजातिका कपडा पनि लगाउने कला भएका उनलाई नेपाली टोपी नपच्नु स्वभाविकै हो । साम्यवादको सपना देखाएर सर्वसाधारणलाई जनयुद्ध नामक कथित मुक्ति आन्दोलनमा होम्याउने, हातमा किताब कापी बोकेका अबोध बालबालिकाहरुलाई वुर्जुवा शिक्षा भनेर बन्दुक बोक्न उत्प्रेरकको भुमिका खेलेर आफ्नी छोरीलाई विदेश पढन पठाउने उनै हुन् । गाउँ गाउँमा जनसरकारका नाममा समानान्तर चलाएर निर्दोष जनताको हत्या गर्ने, कयौँलाई बेपत्ता पार्ने, अंगभंग बनाउने र चन्दा आतंक चलाउने उनै हो । उनैले चलाएको आन्दोलनबाट २७ हजार निमुखा नेपालीले ज्यान गुमाउनु पर्यो । लाखौँ पलायन भए । त्यसले उनलाई केवल सत्तामात्र दियो । प्रधानमन्त्रीको कुर्सीसम्म पुगे, मात्र त्यत्ति । यदि उनी आफ्नो आदर्श र विचारमा अडिग थिए भने माओवादी छाडेर आज छुट्टै नयाँ पार्टी खोल्नुपर्ने अवस्था किन आउँथ्यो र ? आफैले जन्माएको घर छाडेर भाग्ने अनि लाखौँ नेपालीको सुन्दर नेपालको सपना हत्या गर्ने उनी राजनीतिक रुपमा पतन व्यक्ति हुन् । अन्य देशमा भएको भए, उनको धन्दा आजसम्म बन्द भइसक्थ्यो । न हिनताबोध, न जनताप्रति उत्तरदायी । केवल आफ्नो ढिपी, खोक्रो आदर्श अनि क्रान्तिकारिताका नाममा छुद्रता । अरुलाई आदर्श सिकाउने भट्टराईको व्यवहार र पछिल्लो अभिव्यक्ति उनको राजनीतिक रुपान्तरणको कुन तह हो अनुमान लगाउन सकिन्छ । त्यसैले त मेरो छिमेकी आमाले आजकल युवाहरुलाई आशिक दिने बेलामा भन्ने गर्नुभएको छ- ‘छोरा धेरै पढ्, तर बिग्रेर बाबुराम भट्टराई जस्तो नहुनु !’

कुनैबेलाका ‘हिरो’ बाबुरामले आफ्नो भुइँ एकपटक फर्केर हेर्ने बेला आइसकेको छ । भट्टराईलाई आदर्श मानेका युवाहरुको मन मष्तिस्कबाट उनी ‘डिलिट’ भएका मात्रै छैनन् टोपी लगाउनु एकल संस्कृति भन्दै नेपालीको स्वाभिमानमाथि नै प्रहार गर्न उद्दत भए । आफै राष्ट्र प्रमुख हुँदा लगाएको टोपी अहिले अरुले लगाएर दिवस मनाउँदा कसरी बहुसंस्कृति र बहुजातीयताको विरोधी भयो ? उनका अगाडि हरेक युवाहरुले प्रश्न गरिरहेका छन् । ढाकाको टोपी कुनै जातिको पहिचान हैन् । यो त नेपालीको गौरव अर्थात सगरमाथाको शिरको प्रतीक हो । जसलाई हरेक नेपालीले गर्वका साथ लगाउँछन्, चाहे त्यो बाहुन, क्षेत्री, नेवार, राई, लिम्बू वा अन्य कुनै जाति र धर्मको किन नहोस्  !

टोपी दिवस मनाउँदा एकल जातीय संस्कृतिको पक्षपोषण भए, पश्चिमा संस्कृतिको नयाँ वर्षमा उनले शुभकामना दिन हतार किन गरेका थिए ? अहिले जन जनले यही प्रश्न गरिरहेका छन् । हुन त जति नै प्रश्न र आलोचना गरे पनि अब उनी सच्चिनेवाला छैनन् । एकपटक बिग्रेको मानिसलाई पटकपटक बिग्रँदा कुनै नैतिकताको प्रश्न उठ्दैन् । तर, पनि उनीमा अलिकति पनि नैतिकता बचेको छ भने सामाजिक सञ्जालहरुमा पोखिएको आक्रोशलाई राम्रोसँग हेरुन । समयले उनलाई एकपटक सच्चिने मौका दिएको छ । बाँकी उनकै मर्जी ।

लेखक ओखलढुंगाका पत्रकार हुन् । 

प्रतिक्रिया
सम्बन्धित