बुधबार, २७ मंसिर २०७४
DainikNepal.com
बुधबार, २७ मंसिर २०७४

नेपाल र नेपालीहरुले भारतीय दादागिरी अझै कति सहने ?

मीनबहादुर पण्डित २०७३ पुष १७ गते १६:३२

भारत अनेक तरिकाले नेपालमा आफ्नो कुटिल चाल चल्दै आएको छ । नेपाली राजनीतिज्ञहरुले भारतीय चाल नबुझ्नु र बुझेर पनि आफ्नो फाइदाको लागि भारतलाई साथ दिनु नै बर्तमान अस्थिर नेपालको एकमात्र कारण हो ।

लगानी उसको अनी प्रयोग पनि उसले नै गर्ने हो भने जाबो अलिकति लेबी वा ट्याक्सका लागी हामी हाम्रो नदीनाला किन भारतलाई सुम्पिने ? कमिशन खोरहरु खबरदार !

केहि समय अगाडि भारतले आफ्नो लगानी नभएको नेपाली आयोजनाहरुबाट बिजुली नकिन्ने घोषणा गर्यो । यसबाट नै प्रस्ट हुन्छ भारतको नेपालप्रतिको नियत । नेपाली नदीनालाहरु हडपेर आफ्नो लगानीमा मात्र आयोजना बनाउने र नेपालको सम्पूर्ण नदीनालाहरु आफ्नो नियन्त्रणमा पार्ने रणनीति हो । लगानी उसको अनी प्रयोग पनि उसले नै गर्ने हो भने जाबो अलिकति लेबी वा ट्याक्सका लागी हामी हाम्रो नदीनाला किन भारतलाई सुम्पिने ? कमिशन खोरहरु खबरदार ! बरु हामी आफै उत्पादन गरेर रेल, यातायात, उद्योग सबै बिजुलीबाटै चलाऊ, खाना पनि इंडक्सन चुलो प्रयोग गरेर बिजुलीबाटै पकाउ । त्यसो गर्दा तेल र ग्यास किन्ने अरबौ पैसा जोगिन्छ र रोजगारी पनि सृजना हुन्छ । अनी मात्र नेपाल धनि हुनसक्छ । विगतमा चीनले बनाइदिएको हिमाल सिमेन्ट लगायत डेढ दर्जन ठूला उद्योगहरु बन्द हुनुमा भारतीय हात रहेछ भन्ने कुरा उसको यस्तै नियत र क्रियाकलापबाट प्रस्ट हुन्छ । आफ्नो लगानी नभएको नेपाली बिजुली नकिन्ने धूर्त छिमेकीको समान चाँही हामी किन किन्ने ? अब नेपाललाई चाहिने सम्पूर्ण समान नेपालमै उत्पादन गर्ने बेला आइसक्यो । भारत आफ्नो चाँही सक्दो बेच्ने अनी नेपालको चाँही सकेसम्म केहि पनि नकिन्ने पोलिसीमा छ । स्मरण रहोस भारतले नेपाललाई दया मायाले कुनै समान दिएको होइन, यो त खरबौको ब्यापार गरेर अरबौ कमाउने मेलो हो ।

यदि भारतले नेपालमा रहेको भारू साट्न आलटाल गर्छ वा साट्न चाहँदैन भने यो ठूलो अन्याय हो, अनि नेपाल र नेपालीहरुप्रति दादागिरी पनि हो ।

प्रसंग हो नेपालमा रहेको भारू सटही को, यदि भारतले नेपालमा रहेको भारू साट्न आलटाल गर्छ वा साट्न चाहँदैन भने यो ठूलो अन्याय हो, अनि नेपाल र नेपालीहरुप्रति दादागिरी पनि हो । किनकी नेपालमा रहेको भारु भारतमा काम गर्ने नेपालीहरुले पाएको तलब हो, मेहनतको कमाई हो, ब्यापार ब्यवसाय गरेर कमाएको धन हो । अनि इन्डियन आर्मीमा जीवन माया मारेर कमाएको पेन्सन हो । नेपाली ब्यापारीसंग भएको भारु भारतमा सामान बेचेर आएको पैसा हो । नेपाल घुम्न आएका भारतीय पर्यटकले होटलमा बसे बापत, खाना खाए बापत र किनमेल गरे बापत दिएको भारु पैसा हो । त्यसैले नेपालमा भएको भारु कसैले सित्तैमा दिएको कागजको खोस्टा होइन । यो हाम्रो बिसुद्ध परिश्रमको कमाई हो । त्यसकारण नेपालमा रहेको भारतीय रुपैयाँ साट्न मिल्दैन भनेर पनि भन्न मिल्छ र ? भारु साट्न नमिल्ने कुनै पनि कारण जायज हुन सक्दैन् ।

लेखक

भारतमा नेपाली रुपैयाँ सजिलै नचल्ने हुनाले नेपालमा भएको भारु नचल्दा नेपाली ब्यापारीहरु भारतबाट समान आयात गर्न ठूलो समस्या परेको छ । यसले दुवै देशको व्यापारमा समेत असर गर्नेछ । नेपाली ब्यापारीहरुलाई डलरभन्दा भारु तिरेर समान किन्न सजिलो पर्ने हुनाले सर्बसाधारणबाट भारु पाएपनि साटेर राख्ने गर्दथे, ताकि सजिलै समानको भुक्तानी दिन सकियोस । त्यसैले नेपालमा भएको भारु कुनै भष्ट्राचार गरेर कमाएको पैसा होइन । किनकि भारतमा भष्ट्राचार हुने ठाउँसम्म नेपालीको पहुँच छैन । नेपाल भारतबीच खुल्ला सीमाना छ र सीमानाका नेपालीहरुले भारतबाट समान किनी रहनुपर्ने हुनाले भारु राख्नु स्वभाबिक पनि हो । नेपालमा भारु गैरकानुनी संग्रह हुने सम्भाबना निकै कम छ । नेपालमा रहेको भारु हाम्रो श्रम परेको पैसा हो । त्यसैले भारतले साट्नैपर्छ । नत्र ठूलो अन्याय हुनेछ । यो अनुरोध गरिरहनु पर्ने कुरा होइन । जँहासम्म भारतमा कालो धनको सबाल छ, त्यो उसको आन्तरिक मामिला हो । बिगतको भारत सरकारले भष्ट्राचार निराकण गर्न नसकेको परिणाम हो । त्यसमा नेपालमा भएको भारुको कुनै दोष छैन र भारु राख्न्ने नेपालीको पनि दोष छैन ।

बिगतमा नेपालमा पांच सय र हजारको भारु खासै चल्दैन थियो तर भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मोदीको सहमतिमा नै नेपालमा भारु खुल्ला गरिएको हो । तर अहिले नेपालमा भारु मोदी कै पोलिसीले गर्दा चल्दैन भने यो समस्यालाई भारत सरकारले सम्बोधन गर्न वा समाधान निकाल्न कर लाग्छ । खुला सिमाना हुनाले केहि चिनाजानका व्यापारीले नेपाल भारु भित्राएर नेपाल तिरबाट सटही गर्ने कोशिस गर्न सक्नेछन् । त्यसको लागि त् भारत सराकारले नेपाल आउने सीमामा चेकजांच गरोस वा समातोस ।

यदि कुनै नेपालीसंग ठूलो परिणाममा भारु भेटिएमा त्यसको कारण र स्रोत खोजियोस, गैर कानुनी देखीय नसाटीयोस । तर नेपालमा रहेको सम्पूर्ण भारु साट्न मिल्दैन भनेर भारत सरकारले भन्छ भने त्यो अपरिपक्व निर्णय हो । यसले दुई देशको समन्ध र बिश्वासमा नराम्रो असर गर्नेछ । यदि नेपाल सरकारले बास्तबिक कुरा भारत सरकारलाई बुझाउन सक्यो भने भारतले साट्दीन भन्ने छैन र यो मुद्दाको समाधान सजिलै निस्कने छ । र भारतको आन्तरिक कारणले गर्दा नेपालमा पर्न गएको असुविधा र समस्याको निराकरण गर्नु भारत सरकारको कर्तब्य पनि हो । यो कुरामा भारत सरकार इमान्दार हुनैपर्छ ।

बेला बखतमा नेपालमा पनि नक्कली भारतीय मुद्रा समातिदै आएको छ । चाए त्यो भारतबाट आएको होस् वा तेस्रो मुलुकबाट, नेपाल सरकारले पक्रिन र नियन्त्रण गर्न सहयोग गरेकै छ । तर नेपालमा रहेको अधिकांश भारु बैधानिक नै हो । त्यसैले भारु साटिनुपर्छ र भारत सरकारले यसमा पूर्ण सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित