सोमबार, ५ भदौ २०७४
DainikNepal.com
सोमबार, ५ भदौ २०७४

रुघाखोकी भगाउने औषधि खतरनाक

दैनिक नेपाल २०७३ पुष ११ गते ८:२१

लण्डन । रुघाखोकी भगाउने औषधि र चिसोपनाबाट बच्न हामीले प्रयोग गर्ने औषधिले हृदयघातको गति र रक्तचाप बढाउने आशंका बढ्दैछ । त्यसकारण यी औषधिबाट सावधान रहनु जरुरी छ ।

खासगरी बालबालिकाहरूमा विशेष रुपमा सावधानी राख्नुपर्ने हुन्छ, किनकि यस्तो औषधिहरू बच्चाका लागि घातक बन्न सक्छ । यो भर्खरै गरिएको चिकित्सकहरूको अनुसन्धानले बाहिर ल्याएको हो ।

अध्ययनले २ वर्षभन्दा कम उमेरका बच्चाहरूमा रुघाखोकीको औषधि घातक साबित हुन सक्ने बताएको छ । त्यसैकारण परिवारलाई बच्चाका लागि चितिक्सकको सल्लाह पूर्ण र गहन रुपमा लिनुपर्ने बताइएको छ ।

यस्ता औषधिमा प्रयोग गरिएको रसायनहरूले बच्चाहरूमा बढी असर गर्ने र हृदयगति बढ्न सक्छ । नाकबाट लिने रुघाको औषधिहरू बच्चाहरूमा एकदमै घातक हुने प्रमाणित पनि भइसकेको छ ।

करिव ५११ जना बच्चाहरूमा गरिएको अनसन्धानमा यस्तो निष्कर्ष प्राप्त भएको हो । शोधकर्ताले बच्चाहरूलाई यस्तो औषधि दिँदा जहिले पनि चिकित्सकको सल्लाहमा मात्रै दिनुपर्ने बताएका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित