आइतबार, ४ भदौ २०७४
DainikNepal.com
आइतबार, ४ भदौ २०७४

फेसप्याक लगाउँदा छाला चाउरिएला है

दैनिक नेपाल २०७३ मंसिर १ गते ७:३७

face-pack-mahilaकाठमाडौं । अनुहार क्लिन नगरी सीधै फेसप्याक लगाउनाले छाला धेरै ड्राई हुन्छ । धेरै ड्राई भएपछि छाला चाउरिने खतरा रहन्छ । त्यसैले क्लिन्जिङपछि क्रिम प्रयोग गरेर मात्रै फेसप्याक लगाउनु उपयुक्त हुन्छ ।

फेसप्याक लगाएर छालालाई बढी मोसनमा ल्याउँदा चाउरी पर्ने खतरा रहन्छ । त्यसैले यो अवस्थामा छाला तन्किने गरी हाँस्नु र गफ गर्नु उपयुक्त होइन । फेसप्याक रहुन्जेल छालालाई रिल्याक्समा छोडिदिनुपर्छ ।

फेसप्याक छालामै सुकेर कक्रक्क भएपछि रगडेर पखाल्नु पनि चाउरीपनलाई स्वागत गर्नु हो । फेसप्याक लगाएपछि अनुहारमा कक्रक्क परेर सुक्न दिनु हुँदैन । सुक्नुअघि नै पखाल्नुपर्छ । औसतमा फेसप्याक लगाएर रहन दिने समय १५–२० मिनेट उपयुक्त हुन्छ ।

अनुहारमा पानीले हल्का–हल्का मसाज गर्दै प्याक पखाल्नुपर्छ । धेरै सुकाएर जबर्जस्ती रगड्दा छाला तन्किने, च्यातिने तथा चाउरिने हुन सक्छ ।

हप्तामा एक–दुईपटक फेसप्याक प्रयोग गर्नु छालाका लागि राम्रो हो । फेसप्याकका लागि ब्युटिपार्लर नै पुग्नुपर्छ भन्ने पनि छैन । एकपटक एक्सपर्टसँग आफ्नो छालाको प्रकृति बुझेर उपयुक्त प्याकबारे परामर्श लिएपछि घरमै प्रयोग गर्न सकिन्छ ।

प्याक लगाउने क्रममा हुन सक्ने केही स–साना गल्तीले भने छालामा असर पारिरहेको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित