शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

बिमलेशले सम्पदालाई धोका दिएपछि (भिडियो)

दैनिक नेपाल २०७२ फागुन १८ गते ११:०३

Timro Herai 3

काठमाडौं । बिमलेश अधिकारी र सम्पदा बाँनिया नाम चलेका मोडल हुन् । केहि म्युजिक भिडियोहरुमा उनीहरु सँगै देखिएका छन् ।

यसै क्रममा सम्पदाले बिमलेशको हेराईभित्र माया देखिन् । देउता समान ठानेर पुजा गरीन् । तर, बिमलेशले सम्पदालाई धोका दिएका छन् । उनले सम्पदालाई माया गरेजस्तो गरेर अन्तै माया गाँस्न पुगेका छन् । यस्तो परिस्थीति सम्पदा र बिमलेशबीच रियल लाइफमा सायदै आउला ।

तर, जनकराज शाह शाब्दिकको तिम्रो हेराईभित्र बोलको म्युजिक भिडियोमा बिमलेशले सम्पदालाई धोका दिएका हुन् । माण्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । श्रीधर पौडेलले छाँयाकन र निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित